सुनको मूल्य घट्यो
काठमाडाैं | पुस २४, २०८२
काठमाडौं: बिहीबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँको गिरावट आएको छ । यो गिरावटसँगै एक तोला सुनको मूल्य २ लाख ६५ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन भने प्रतितोला सुनको कारोबार २ लाख ६७ हजार ७ सय रुपैयाँमा भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला ४ हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनको तुलनामा १ सय रुपैयाँले कम हो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

